+
+

अब ह्वाट्सएप मेसेजमा इमोजी पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ८:३६

मेटा कम्पनी स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले रियाक्सन फिचरको परीक्षण गत महिनादेखि गर्दै आएकोमा अब औपचारिक रुपमा सुरुवात गरेको छ । यो सँगै आम ह्वाट्सएप प्रयोकर्ताले ह्वाट्सएप रियाक्सन फिचर प्रयोग गर्न पाउनेछन् ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार मे ५ देखि ह्वाट्सएपको उक्त नयाँ फिचर सुरु भएका घोषणा गरेका हुन् । जुकरबर्गल आफ्ना फेसबुक पोष्टमा यस्ता जानकारी गराएका हुन् ।

यो नयाँ फिचरसँगै अब ह्वाट्सएपका प्रयोगकर्ताले पनि फेसबुक मेसेन्जर तथा इन्स्टाग्राम मेसेजमा जस्तै ह्वाट्सएपमा कसैलाई मेसेज पठाउँदा इमोजी रियाक्सन पठाउन सक्दछन् । यसमा Like, Love, Laugh, Surprised, Sad तथा Thanks  गरी ६ प्रकारका इमोजी आदानप्रदान गर्न सकिन्छ ।

ह्वाट्सएपको इमोजी रिएक्सनको पहिलो झलक बिटा भर्सनमा गत महिना देखिएको थियो । इमोजी रियाक्सन फिचरलाई एन्ड्रोइडको बिटा भर्सन २.२२.८.३ मा सबैभन्दा पहिले देखिएकेा थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?