+
+

पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा आज, भोलि एमालेको

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ७:५३

२५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने  सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज सत्ता गठबन्धनको सभापछि भोलि एमालेले पोखरामा सभा गर्दैछ । सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?