+
+

लिभरपुल बराबरीमा रोकिँदा सिटीलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ९:१२

२५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिवार राति टोटनहम हट्सपरसँग १-१ को बराबरी खेल्यो । यस बराबरीले लिभरपुलले अंक बाँड्नु पर्‍यो भने उपाधि होडमा पनि धक्का लाग्यो ।

टोटनहम विरुद्ध एक अंक जोड्दा पनि लिभरपुलले सिटीलाई गोल अन्तरमा पछि पारेर शीर्ष स्थानमा उक्लिएको त छ तर सिटीले आइतबार शीर्ष स्थान कब्जा गर्ने अवसर छ । सिटीले आइतबार राति घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ ।

लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । एक खेल कम खेलेको सिटीको पनि उति नै अंक छ ।

लिभरपुलको मैदान एनफिल्डमा भएको खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । त्यसमा पनि हेउन मिन सनले ५६औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर लुइस डियाजले ७४औं मिनेटमा डियाजले बराबरी गोल गरेपछि लिभरपुल एक अंक जोड्न सफल भयो ।

यस बराबरीले टोटनहमलाई पनि शीर्ष चारमा पर्नका लागि धक्का लागेको छ । टोटनहम ३५ खेलबाट ६२ अंकसहित पाँचौ स्थानमा छ जुन एक खेल कम खेलेको आर्सनल भन्दा एक अंक कम हो । सिटी र लिभरपुल शीर्ष दुईमा रहने पक्का भइसकेको स्थितिमा तीन लण्डन क्लब चेल्सी, आर्सनल र टोटनहम थप शीर्ष चारमा अटाउनका लागि संघर्षरत छन् ।

लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेड ब्राइटनसँग ४-० ले पराजित भयो । यस्तै क्रिस्टल प्यालेससँग १-० ले पराजित भएपछि वाटफोर्ड रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?