+
+

सुस्तामा २ निर्वाचन केन्द्र, ५८७ मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १०:५२

२५ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ५ सयभन्दा कम मतदाता भएका २ निर्वाचन केन्द्र रहेका छन् । गाउँपालिकामा ५ वटा वडा छन् ।

कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । सो केन्द्रमा २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिए । त्यस्तै सोही वडाको जनता दलित आधारभूत विद्यालय केन्द्रमा ३ सय ३० मतदाता छन् ।

यो केन्द्र भारतीय पक्षले पटक–पटक अतिक्रमण गर्ने क्षेत्र हो । सुस्ता गाउँपालिकामा कूल २३ हजार ९ सय ५९ मतदाता छन् ।

यसैबीच जिल्लाका ७ स्थानीय तहमा कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेको जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि १४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

१ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी रहने छन् । ५ सयभन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?