+
+

गुठिचौरमा माओवादीको प्रतिवद्धता : डाक्टर, पाइलट र इन्जिनियर पढ्न अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १४:२४

२४ वैशाख, जुम्ला । जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढासहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा गुठिचौरको विद्यालय शिक्षा निःशुल्क गर्ने, हरेक माध्यामिक विद्यालयमा एक नर्स राख्ने उल्लेख गरिएको छ ।

माओवादी गुठिचौरका अध्यक्ष लालबहादुर रावतले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा गाउँपालिकालाई दुई वर्षमा पूर्ण साक्षर गाउँपालिका बनाइने उल्लेख छ ।

सरकारी सेवामा प्रवेश गर्नका लागि लोकसेवा अध्ययन गर्न जेहेन्दार विद्यार्थीलाई अनुदान दिने, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाइलट र इन्जिनियरमा छात्रबृत्ति दिने, गुठिचौरमा १५ शैय्याको अस्पताल निर्माण गर्ने, गुठिचौर बहुउद्देश्यीय परियोजनालाई मुर्तता दिन पहल गर्ने प्रतिबद्धता माओवादीले गरेको छ ।

माओवादीले १५ वर्षमा पालिकाका टोलमा एक/एक जना डाक्टर उत्पादन गर्ने प्रतिवद्धतासमेत गरेको छ ।

प्रतिवद्धता पत्रमा गुठिचौर गाउँपालिकाको धितामा कर्णा ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पसहरू स्थापना गरिने, बहुप्राविधिक शिक्षालयको स्थापना गरिने र ६/६ महिनामा नियमित स्वास्थ्य परीक्षण गरिनेछ बाचा गरिएको छ ।

अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारीले अघिल्लो ५ वर्ष विकासको केही आधार तयार भएकोले अब त्यसलाई पूरा गर्ने बताए ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कणर्ाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले गुठिचौरको विकासका लागि माओवादी तयार रहेको बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा गुठचौरमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा जानदेवी ऐडी विजयी भएका थिए । यसपटक माओवादीले अध्यक्षमा भण्डारीलाई नै दाहोर्‍याएको छ । उपाध्यक्ष्मा भने राजकन्या बुढालाई उम्मेदवार बनाएको छ ।

जुम्लामा प्रमुख पदमा पुनः उम्मेदवार हुने भण्डारी मात्रै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?