२५ वैशाख, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ अन्तर्गत सातौं प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि सुरु हुने भएको छ ।
७२ होलमा खेलाइने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा खेलाइनेछ । विहीबारसम्म चल्ने प्रतियोगितामा ३२ व्यवसायिक र १४ एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।
सुरुआती ३६ हालेको नतिजाका आधारमा कट गरी बाँकी ३६ होलका लागि २१ व्यवसायिक र ६ एमेच्योर गल्फरहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
७ लाख ७५ हजार कुल पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि विजेताले १ लाख ३५ हजार र उपविजेताले ८८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, सन्जय लामा, धन थापा, रामे थापा, रवि खड्काजस्ता व्यवसायिक गल्फरहरुलाई १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता सुवास तामाङजस्ता एमेच्योर खेलाडीले चुनौति दिनेछन् ।
प्रतिक्रिया 4