+
+

खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १६:४८

२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ ।

आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य छन् ।

करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको थिएन । खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए ।

उनीहरुलाई प्रशिक्षक र खेलाडीको विवादको विषयमा समस्या पहिचान गर्दै त्यसको विषयमा छानविन गर्न एक साताको समय दिइएको छ ।

एन्फा बैठकमा कार्यसमितिका १७ मध्ये राजीनामा दिएका तीन सदस्य बाहेक अरु उपस्थित थिए ।

एन्फा भित्रैबाट समस्या समाधानको प्रयसा गरे पनि त्यसमा सहमत हुन नसकेपछि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

यसअघि गत बुधबार एन्फाले भिक्टर राणामात्रै रहने गरी एक सदस्यीय छानविन समिति गठन गरेको समाचार आफ्नो वेवसाइटमा प्रकाशित गरेको थियो । तर, पाँच मिनेट नवित्दै हटाइएको थियो ।

नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै उनीहरुले प्रतिवेदन बुझाउनुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?