+
+

विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:०३

काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गरे।

‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उनको भनाइ छ, ‘तर, महासचिव र प्रवक्ताले पार्टीको नीतिलाई उल्लघंन गरेर चुनावपरस्त भएर जानुभएको छ। त्यो सजिलै साफ हुने कुरा छैन । र, जनताले बुझ्दा उहाँहरुलाई संसदवादी पार्टी भनेर बुझ्छन् । र, नीतिगत हिसाबले उहाँहरु संसदवादमा गइसक्नुभएको छ।’

विप्लवहरुले अघि सारेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको आरोपसमेत उनको छ । ‘उहाँहरुले एकीकृत जनक्रान्ति भन्नुभएको छ, जसलाई हामीले यो सार संग्रहवादी भनेका छौं,’ उनको भनाइ छ, ‘हाम्रो कार्यदिशा भनेको वैज्ञानिक समाजवादी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?