+
+

गुल्मीमा कांग्रेस कार्यकर्ताबाट माओवादी नेता कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:४५

२६ वैशाख, गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका एक नेता नेपाली कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका गाउँपालिका समितिका अध्यक्ष लीलबहादुर केसीलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

आइतबार राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा आफूमाथि हेल्मेटले टाउकोमा हिर्काउँदा बेहोस भएर ढलेको केसीले सोमबार अनलाइनखबरसँग बताए ।

केसी अहिले गुल्मी अस्पतालमा उपचाररत छन् र उनको अनुहारमा चोट लागेको छ । नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले दूई पक्ष बीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?