 
																			२६ वैशाख, हुम्ला । स्थानीय तह निर्वाचनको दिन नजिकिन थालेपछि हुम्लाको सदरमुकाम सिमकोट बजारमा चहलपहल घटेको छ ।
सात स्थानीय तह रहेको हुम्ला जिल्लाका अधिकांश नेता कार्यकर्ता आफ्नै स्थानीय तहमा चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन् । सदरमुकाममा अस्थायी बसोबास गर्नेहरु पनि मतदान गर्न गाउँ फर्किएपछि सदरमुकाममा चहल पहल घटेको हो ।
तीन–चार दिनदेखि बजार निकै सुनसान भएको स्थानीय नन्द सिंहले जानकारी दिए ।
मानिसहरुको चहलपहल घटेपछि होटेल पसल, लगायत बन्द अवस्थामा रहेको सिहंले बताए । बजारमा छिटपुट मानिसहरु मात्रै भेटिने गरेको उनको भनाइ छ ।
चंखेली गाउँपालिका–१ का तिलक बोहरा अहिले सिमकोटभन्दा गाउँ रमाइलो भएको बताउँछन् । ‘सिमकोट भन्दा रमाईलो अहिले गाउँ घर छ, एक समुह जान्छ अर्को समुह आउँछ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4