+
+

जुम्लामा निर्वाचन सामग्री लिएर मतदानस्थल हिँडे कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १२:२१

२७ वैशाख, जुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपेटिका र मतपत्रलगायत आवश्यक सामग्रीसहित कर्माचारीहरु मतदानस्थल प्रस्थान गरेका छन् ।

मतदान अधिकृत र सहायक मततदान अधिकृतसहितका कर्मचारी सामग्री बोकेर मतदानस्थल प्रस्थान गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार सिँजा क्षेत्रको सबै टोली हिँडिसकेको छ । तिलाको ताम्ति क्षेत्रको टोली जाने तयारी भइरहेको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाका सबै मतदान केन्द्रका अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरेका छन् ।

कनकासुन्दरीको टोली पनि मतदान सामग्री बुझेर मतदान केन्द्रतिर हिँडिसकेको छ । अन्य पालिकाका मतदान अधिकृतहरुको टोलीले आजै मतपत्र मतपेटिकालगायत सामग्री बुझ्दैछन् ।

नेपाली सेना नन्दाबक्स गणका गणपति रवीन थापाका अनुसार मतपेटिका, मतपत्रसहित कर्मचारीको सुरक्षाका सुरक्षाकर्मी पनि साथमा गएका छन् । आजै टाढाका स्थानमा उहाँहरू पुगिसक्ने योजना रहेको छ ।

जुम्लामा १०२ मतदान केन्द्रमा २०४ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् । यस्तै १७२१ जना सुरक्षाकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?