+
+

दमकमा एमालेका वडा सदस्यका उम्मेदवारको सत्तारुढ गठबन्धनलाई साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १४:३६

२७ वैशाख, झापा । दमकमा  सत्तारुढ गठबन्धनलाई सहयोग गर्ने भन्दै नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको वडा नं. ७ अन्तर्गत एमालेबाट खुला वडा सदस्यमा उम्मेदवारी दिएका गुमानसिंह तामाङले सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपासहितको गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै घरदैलोमा जाँदा संयुक्त गठबन्धन दललाई नै वडावासीको सद्भाव तथा समर्थन देखिएकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

‘संयुक्त गठबन्धनका तर्फबाट नगर प्रमुखमा राम थापा र उपप्रमुखमा रेगिना भट्टराई (प्रसाईं) तथा वडा अध्यक्षमा भीम पौडेल उम्मेदवार भई नगरवासीको व्यापक जनसमर्थन देखिएकाले म आफू पनि त्यहीँ समर्थनतर्फ लाग्नु नै उचित भएको महसुस गरी मैले उम्मेदवारी फिर्ता लिएको छु’ उनले भनेका छन्, ‘साथै, आजकै मितिदेखि एमालेको साधारण सदस्यबाट समेत राजीनामा गरी स्वतन्त्र भएको जानकारी गराउँदछु ।’

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?