+
+

तेलुगू स्टार महेश बाबु भन्छन्- हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न चाहन्नँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १७:०५

काठमाडौं । बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् ।

हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए । साथै उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहने समेत टिप्पणी गरे ।

आफूलाई साउथ फिल्म उद्योगले नै स्टारडम र मान-सम्मान मिलेको र यो उद्योग छाडेर कतै नजाने पनि स्पष्ट पारे । ‘म सधैं राम्रो फिल्म गर्ने विषयमा सोचिरहेको हुन्छ, मेरो यो सपना पूरा हुँदैछ,’ उनले भने ।

उनले साउथका फिल्म पूरै भारतमा सफल होस् भन्ने चाहेको र अहिले यो सपना पूरा भएकोमा एकदमै खुसी लागेको बताएका छन् । ‘म सधैं तेलुगू फिल्ममा काम गर्न चाहन्थें र यो पनि चाहन्थें कि यसलार्य पूरै भारतमा देखुन् । अहिले यो सब पूरा भइरहेको छ, म असाध्यै खुसी छु,’ महेश बाबुले भने ।

उनले आफ्नो तागत तेलुगू फिल्म नै भएको, तर बलिउड, टलिउडको सबै सीमा पार गरेर भारतीय फिल्म बनाउनुपर्ने समेत उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?