+
+
Shares

रुसले युक्रेनमा युद्ध लम्ब्याउन चाहन्छ : अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ७:३२

२८ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो ।

युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो ।

अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख एभि्रल हेन्सले सिनेटमा सुनुवाइको क्रममा आगामी केही महिनामा रुसले युक्रेनमाथिको आक्रमण अझै तीव्र पार्न सक्ने बताएको बीबीसीले जनाएको छ । उनले भनिन्, ‘युद्धको अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ पुटिन अझै नाटकीय कदम उठाउन सक्छन् ।’

अमेरिकी गुप्तचर अधिकारीहरुको भनाइ अनुसार पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ लडाइँ रोकिने सम्भावना देखिंदैन । रुसले युक्रेनको पूर्वी क्षेत्र कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी छ । रुस युक्रेन युद्धमा अनुमान गरिएभन्दा धेरै मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?