+
+

२९ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको नियमित उडान

२ जेठमा उद्घाटन उडान पनि गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १५:१०

२८ वैशाख, काठमाडौं । भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको कुवेतको जजिरा एयरवेजले २९ जेठ -१२ जुन २०२२)बाट मात्र नियमित उडान गर्ने भएको छ । तर, सरकारले उद्घाटन तोकेको दिन २ जेठ (१६ मे २०२२)का दिन पनि जजिराले उद्घाटन उडान गर्ने भएको छ ।

अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको जजिरा एयरवेजले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज जहाज कतारको दोहाबाट कुवेत जानेछ। कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् । उनीहरु कुवेतमा ट्रान्जिट भई जहाज सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको छ ।

२ जेठमा स्थानीय समय अनुसार ६ बजेटर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७:४५ बजेट कुवेत अवतरण गर्नेछ । यो जहाज कुवेतमा ४ घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार २३:४५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ । यो जहाज नेपालको स्थानीय समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ ।

नियमित उडान भने २९ जेठ (१२ जुन)बाट सुरु हुनेछ । सो बेला भने दोहाबाट १५:३० मा उड्ने जहाज कुवेतमा १.३५ घण्टा ट्रान्जिट गरी भैरहवाका लागि उड्ने छ । नेपाली समय अनुसार राति १ :४५ बजे जहाज गौतमबुद्ध विमानस्थलमा उवतरण हुने गरी तालिका बनाइएको छ ।

जजिरा एयरवेजका अनुसार पूर्ण खोप लगाएका यात्रुले त्यसको प्रमाण देखाएर यात्रा गर्न सक्ने भएका छन् । खोप नलगाएको यात्रुको साथमा भने ७२ घण्टाभित्र पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएको कार्ड बोक्नु पर्ने छ ।

नियमित उडान साताको तीन वटा हुनेछ । आइतबार, मंगलबार र बिहीबार उडानको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?