+
+

मेरो नामका नक्कली टि्वटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १५:२२

२८ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली टि्वटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली टि्वटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनााएका छन् ।

‘मेरो आधिकारिक ट्वीटर हृयान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर हृयान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।

उनले निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचनका लागि जारी भएका आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?