+
+

५६ अंकले उकालो लाग्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:१०

२८ वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो ।

बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?