+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बागलुङकी स्वतन्त्र उम्मेदवार मञ्जुमाथि पैसा बाँडेको आरोप, प्रहरी भन्छ- प्रमाण भेटिएन

एजेन्ट राख्ने विषयमा कुराकानी गर्न गएकी थिएँ : मञ्जु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ८:०६

२९ वैशाख, काठमाडौं । मौन अवधि सुरु भइसकेपछि बुधबार राति बागलुङको बिरकोटमा फेला परेकी गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले केहीबेर सोधपुछ गरेर छाडेको छ ।

स्थानीयले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको भनेर प्रचार गरे पनि मञ्जुले भने चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न गएको बताएकी छन् ।

बुधबार राति बिरकोटका एकजना स्थानीयले मञ्जुले चुनाव प्रचार गरिरहेको र मतदातालाई पैसा बाँडेको भन्दै प्रहरी चौकी हटियामा खबर गरेका थिए । त्यसपछि इन्सपेक्टर डेकेन्द्र रेग्मीसहितको टोली सो स्थानमा पुगेको थियो ।

स्थानीयले विरोध जनाउन थालेपछि र दुवै पक्षबीच झडप हुनसक्ने स्थिति देखिएपछि शर्मालाई प्रहरीले नजिकैको बिरकोट प्रहरी चौकीमा ल्याएर राखेको थियो ।

तर प्रहरीमा सूचना पुगेजस्तो पैसा नै बाँडेको प्रमाण भने फेला नपरेको बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए । ‘हामीलाई सूचना आएजस्तो पैसा नै बाँडेको प्रमाण चाहिं फेला परेन, त्यसपछि सामान्य सोधपुछ गरेर उहाँलाई छाड्यौं,’ एसपी ज्ञवालीले भने, ‘उहाँसँग धेरै नगद पनि भेटिएन ।’

मञ्जुले चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न त्यहाँ गएको बताएको प्रहरीले जनाएको छ । यस विषयमा उनलाई आज निर्वाचन आयोग र प्रहरीसहित छलफल गर्न बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?