+
+
Shares

बास्तोला पक्राउ परेपछि नेकपा बहुमतको स्पष्टीकरण-चुनाव बहिष्कार गर्ने नीति छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ९:५८

२९ वैशाख, काठमाडौं । हालै नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट राजनीतिक प्रशिक्षण दिएर बाँके घर फर्किदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुधबार अबेर रुपन्देहीको बुटवलमा भएको बम बिस्फोटसँग जोडेर बस्तोलालाई सडयन्त्रपूर्वक प्रक्राउ गरिएको भन्दै नेकपा बहुमतले आपत्ति जनाएको छ।

नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ।’

बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै चुनाव बहिष्कार र गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ।

‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौं ।’

नेता बास्तोलाको शीघ्र रिहाइकाको माग गर्दै विज्ञप्तिमा त्यसो नगरिए देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनीसमेत दिएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?