+
+

डाक्टर प्रीति भुसालले चढिन् सगरमाथा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १२:३४

२९ वैशाख, काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो ।

अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।

उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्म्ाान गर्न तथा प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने लक्ष्य अनुसार सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?