+
+

गुगलले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट घडी, यस्ता छन् विशेषता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १४:२१

गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ ।

कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो ।

स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो ।

गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग मात्र पेयरिङ गर्न सकिनेछ । अर्थात् गुगलको स्मार्ट घडीलाई आइफोनसँग प्रयोग गर्न सकिनेछैन ।

पिक्सेल स्मार्टवाचमा फोर जी नेटवर्क चल्नेछ । यसको अर्थ फोन नजिक नराख्दा पनि यो स्मार्ट घडी सञ्चालन गर्न सकिनेछ । तर यसका लागि स्मार्टवाचमा पनि आफ्नै डाटा खपत जडान गर्नुपर्नेछ ।

गुगलका अनुसार पेयरिंग गरिएको फोन र पिक्सेल वाच एउटै नेटवर्कमा जडान भएका हुनुपर्नेछ ।

यो वर्ष सन् २०२२ को उत्तरार्धतिर बजारमा ल्याउने योजना बनाइएको पिक्सेल स्मार्टवाचको मूल्य गुगलले सार्वजनिक गरेको छैन । तथापि यो स्मार्टवाच प्रिमियम प्रडक्ट हुने गुगलको भनाइ छ ।

हालसम्म बजारमा गुगलको वेएर अपरेटिंग सिस्टमबाट चल्ने विभिन्न थर्ड पार्टी एन्ड्रोइड स्मार्टवाच उपलब्ध रहेपनि गुगलको आफ्नै स्मार्टवाच भने थिएन ।

त्यस्तैले गुगलले स्मार्ट घडीको बजारमा अग्रणी कम्पनीहरू एप्पल तथा सामसुङसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गुगलको डिभाइस तथा सर्भिस विभागका उपाध्यक्ष रिक ओस्टरलोहका अनुसार गुगलको वातावरण तथा फिटबिटको विशेषज्ञताले गुगल पिक्सेल वाचलाई अद्धितीय प्रडक्ट बनाएको छ ।

पिक्सेल वाचसँगै गुगलले दुई नयाँ पिक्सेल फोन पनि सार्वजनिक गरेको छ । जसमा सुपथ मूल्यको पिक्सेल सिक्स ए तथा प्रिमियम मूल्यको पिक्सेल सेभेन छन् । यी फोनकेा बिक्री आगामी जुलाइदेखि सुरु हुनेछ ।

त्यस्तै सन् २०२३ मा बजारमा पठाउने गरी नयाँ पिक्सेल ट्याब्लेट तथा ११ घण्टा ब्याट्री टिक्ने भनिएको पिक्सेल बड्स प्रो नामक एयर बड पनि गुगलले सार्वजनिक गरेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?