Expand
+
+
लघुकथा :

स्थानीय चुनावको मौन अवधि

मनोज आठपहरिया मनोज आठपहरिया
२०७९ वैशाख २९ गते १५:५४
प्रतीकात्मक तस्वीर

मध्यरातको बेला बार्दलीमा उभिएर भन्छन्- ‘कता हिंड्नु भएको ? फलानाको टोली नि यतैबाट भर्खर गए, खै पैसा बाँडे रे, मैले त पाइनँ ।’

म हतारिंदै सोध्छु- ‘कतातिर गए ?’

‘खै, पैसा बाँड्दै हिंड्दैछ, तलतिर पैसा बाँड्दै होला नि ।’

मेरो साथीसहित हतारहतार त्यतातिर लाग्छु ।

टोलका प्रत्येक घरमा मानिसहरु कोही ढोकामा, कोही बार्दलीमा बसेका छन्, साँच्चै नै फलानाले पैसा नै बाँड्दै हिंडेको छ, नत्र नसुतेर किन मानिसहरु यसरी बसेका । आफूसँग पैसा नि छैन बाँड्नको लागि । ओहो सबै मत किनिसक्यो । अब जित्ने चुनाव नि हार्ने भए । यसलाई तह नलगाई भएन ।

हतारिंदै अर्को टोलतिर लाग्छु, यता नि सबै मानिस जागा नै छन् । हैट सबै टोलमा मानिस जागा छन् ।

बल्ल फलानाको टोलीसँग जम्काभेट हुन्छ । हतारिंदै सोध्छु, ‘होइन हो साथी, यसो नगरम् न, जसले जिते पनि कुरा उस्तै त हो, यही ठाउँमा बस्नुपर्छ, पैसा बाँडेर जित्यो भने जितेको के अर्थ ।’

उसले ‘साथी तिमी पैसा बाँड्दै हिंड्ने अनि मलाई भन्ने ? तिमीले पैसा बाँड्दै छौ रे भन्ने सुनेर अर्को टोलबाट पछ्याउँदै आएको म ।’

‘हरे, साथी मसँग हुनु नि पर्‍यो नि पैसा बाँड्नको लागि ।’

यत्तिकैमा प्रहरीको गाडी आइपुग्छ र भन्छ, ‘कसैले पैसा बाँड्दै हिंडेको खबर छ, खास कुरा के हो नेताज्यू ?

हामीले नि त्यस्तै सुनेर हिंडेको, तर थाहा पाएनौं भन्ने जवाफ फर्काउँछौं र आ-आफ्नो बाटो लाग्छौं ।

अर्को टोल पुग्दा अघिकै जस्तो मानिस अनि उनीहरुको कुरा सुनिन्छ । फलाना पार्टीका साथीहरुलाई अब सुतौं भन्छु, उनीहरुको जिकीर तिमीहरु पहिला घुम्न छाडेर सुत भन्छन् । आफूलाई नि शंका छ । म सुतौंला, भरे उनीहरु पैसा बाँडेर हिंड्लान् । चुनाव हारिएला । सायद उसलाई नि त्यस्तै लाग्ला ।

जे होस् रातभर हाम्रो टोली, फलाना पार्टीको टोली अनि प्रहरी टोलटोलमा लुकामारी खेल्दै समय बितिरहेको छ । सायद मौन अवधि भनेको यस्तैको लागि छुट्टाएको होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?