+
+

बझाङमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ७:१४

३० वैशाख, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको छ । त्यहाँ पनि नेपाली सेना परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?