
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले सबै अधिकार जनताको हातमा रहेको बताइन् ।
एमाले नेता रामवीर मानन्धरले नेकपा एमाले काठमाडौंमा क्लिन स्वीप हुने भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले कसले के भन्छ भन्ने कुरा महत्वपूर्ण नहुने बताइन् । ‘कसले के भन्यो भन्ने टिका टिप्पणी गर्ने समय हैन, सबै अधिकार जनताको हातमा छ । कसले के भन्यो भने पछि नलागौं,’ उनले भनिन् ।
उनले सबै मतदातालाई अधिकारको सदुपयोग गर्न आग्रह गरिन् । ‘आफ्नो मनपर्ने उम्मेदवारलाई मत दिनुहोला,’ डंगोलले भनिन् । उनले पुर्खाले दुःख गरेर ल्याएको अधिकार सदुपयोग गर्नुपर्ने बताइन् । ‘जनताको माया पाएको छु, आशिर्वाद पाउँछु भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4