+
+

चाणक्य नीति : नेतृत्वका लागि कस्तो व्यक्ति योग्य हुन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १०:१२

आचार्य चाणक्य प्रकान्ड विद्वान थिए । उनी स्वभिमानी, संयमी, तीक्ष्ण बुद्धि भएका एक युगदृष्टा थिए । उनको व्यक्तित्व सबैका लागि अनुकरणीय छ । उनी सादा जीवन, उच्च विचारका सही प्रतीक थिए ।

चाणक्य -अनुमानित ३७६ इसापूर्व)मा चन्द्रगुप्त मौर्यका महामन्त्री थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्ता मौर्यलाई राजा बनाएका थिए ।

उनी कौटिल्य वा विष्णुगुप्तको नामबाट पनि प्रख्यात छन् । पिता श्री चणकको पुत्र भएकाले उनलाई चाणक्य भनियो । उनी तक्षशिलाका आचार्य, दार्शनिक थिए । उनी राजनीति र कुटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि महान ग्रन्थहरु रचना गरेका छन् । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

चाणक्यको राज्य सम्बन्धी अवधारणा

चाणक्यले पश्चिमी राजनीतिक चिन्तकद्वारा प्रतिपादित राज्यको चार आवश्यक तत्व-भूमि, जनसंख्या, सरकार र सम्प्रभुताको विवरण नदिएर राज्यको सात तत्वको विवेचना गरेका छन् । यस सम्बन्धमा उनले राज्यको परिभाषा दिएका छैनन् । बरु पहिलेबाटै चलिआएको साप्तांग सिद्धान्तलाई समर्थन गरेका छन् । चाणक्यले राज्यको तुलना मानव शरीरसाग गरेका छन् । राज्यको सबै तत्व मानव शरीरको अंग समान परस्पर सम्बन्धित, अन्तनिर्भर र मिलिजुली कार्य गर्छन् ।

१. स्वामी (शीर्ष नेता)

उनी शीर्ष स्थानमा हुन्छन् । नेतृत्व तहमा पुग्ने व्यक्ति कुलीन, बुद्धिमान, साहसी, धैर्यवान, संयमी, दूरदर्शी हुनुपर्छ । जनताको नेतृत्व गर्ने मान्छे छलकपट नभएको, भ्रष्ट मति नभएको, लोभलालच नभएको हुनुपर्ने चाणक्यले बताएका छन् ।

२. अमात्य (सहयोगी)

यसलाई चाणक्य नीतिमा मन्त्री भनी दर्जा दिइएको छ । उनीहरु राज्यका आँखा हुन् । राज्यका आँखा भनेर चाणक्यले मन्त्री, सचिव, प्रशासनिक र न्यायिक पदाधिकारीलाई समेटेका छन् । उनीहरु आफ्ना देशका जन्मजात नागरिक, उच्च कुलका, चरित्रवान, योग्य, विभिन्न कलामा निपूर्ण हुनुपर्ने उल्लेख छ ।

३. जनपद (भूमी र जनता)

यसलाई राज्यको धरातल भनिएको छ । अर्थात् जसको आडमा राज्यको अस्तित्व टिकेको हुन्छ । चाणक्यले उर्वर, प्राकृतिक संशाधनले परिपूर्ण, पशुधन, नदी, ताल तथा वनजंगल भएको भूमिलाई उपयुक्त भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?