+
+

रुकुम पूर्वको पेल्मामा मतदान सुरु भएन, मतदानमा भाग नलिने कांग्रेसको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १०:४६

३० वैशाख, रुकुम (पूर्व) । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।

जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पेल्मामा २९ गते बिहीबार साँझ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता घाइते भएको भनेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने माग राखेको थियो ।

तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरहेको प्रजिअ खड्काले बताए । अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ । तर कांग्रेसले चुनावमा भाग नलिने अडान लिएको पत्रकार सर्जना कार्कीले जानकारी दिइन् ।

अहिले त्यहाँ रहेको सुुरक्षालगायतको समूहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाइ छ । ‘मतदान सुरु गर्ने गरी छलफल तथा सहजीकरणको काम भइरहेको छ,’ प्रजिअ खड्काले भने ।

फोनले पनि काम नगर्ने त्यस ठाउँको सूचना संकलन गर्न कठिन छ । त्यहाँ स्याटेलाइट फोनको भर पर्नुपर्ने बाध्यता छ ।

पेल्मामा सडक र सञ्चारको सुविधा छैन । त्यहाँ पैदल हिंडेर जान सदरमुकामबाट दुई दिन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?