+
+

रुकुम पूर्वको पेल्मामा पूर्वनिर्धारित समयभन्दा ७ घण्टा ढिलो मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:२२

३० वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मामा केहीबेर अघिबाट मात्र मतदान सुरू भएको छ ।

दुई दिन अघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर कांग्रेसले मतदानमा भाग नलिने जनाएपछि मतदान हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले विवादको विषयमा सहमति भएकाले दिउँसो १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जानकारी दिए ।

मतदानको लागि निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हो । पेल्मामा निर्धारित समयभन्दा झण्डै ७ घण्टा ढिलो मतदान सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी खड्काले अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबैले मतदान गर्न पाउने बताए । त्यहाँ ४९२ मतदाता भएकाले छिट्टै मतदान सकिनेमा आफूहरु आशावादी रहेको प्रजिअ खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?