+
+

मुगुमा ६५ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:२७

३० वैशाख, मुगु । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे २ बजेसम्मको विवरण ६५ प्रतिशत मत खसेको हो ।

स्थानीय पालिकाका निर्वाचन अधिकृतका अनुसार साढे २ बजेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ ।

मतदान सकिएपछि सबै केन्द्रबाट आज राति नै मतपेटिका संकलन गरी दलहरूको बैठकको निर्णय अनुसार मतगणना हुनेछ ।

दिउँसो २ बजेसम्म जिल्लाका ६१ मतदान स्थलमा रहेका ६२ केन्द्रमध्ये छायानाथ रारा नगरपालिकाको लुम्समा मात्रै सामान्य झडप भएको छ । अन्य सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?