
३० वैशाख, झापा । मतदातालाई वितरण गर्नुपर्ने परिचयपत्र आफ्नै साथमा राखेको भेटिएपछि झापामा एकजना मतदान अधिकृत कारबाहीमा परेका छन् ।
झापाको कमल गाउँपालिका–६ को पाणिनी माविका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले उनलाई हटाएर अर्कैलाई जिम्मेवारी दिएको छ । कर्णले ४० जना मतदाताको परिचयपत्र आफैंले राखेको भेटिएपछि कारवाही भएको हो ।
मतदातालाई बाड्नुपर्ने परिचयपत्र आफूले दिने भन्दै उनले आफ्नै साथमा लगेका थिए । यो थाह पाएपछि विभिन्न दलका प्रतिनिधीले उनीमाथि प्रश्न उठाएका थिए । त्यसलत्तै उनलाई फिर्ता बोलाइएको हो ।
मादक पदार्थ सेवन गरी आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भनी झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतलाई पनि निर्वाचन कार्यालयले फिर्ता बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4