+
+

काभ्रेका चार मतदान केन्द्रमा तत्कालका लागि मतदान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:२५

३० वैशाख, काभ्रे । काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका-१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका-७ को भुमेश्वोर मावि केन्द्र र तेमाल-९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो ।

चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले  इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिए पछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको छ ।

पाँचखाल नगरपालिका-१३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३-४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको हो । विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड गरेको छ ।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका-७ को भुमेश्वोर मावि मतदान केन्द्रमा पनि इच्छाइएको व्यक्तिलाई भोट हाल्न लगाउने विषयमा विवाद हुँदा प्रहरीले एक राउन्ड हवाइ फायर गरेको थियो । उक्त स्थानमा समेत मतदान स्थगित भएको छ ।

 

त्यस्तै तेमाल-९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचको विवादका कारण मतदान स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

स्थानीय चुनाव २०७९

छुटाउनुभयो कि ?