+
+

पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:४५

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय तह निर्वाचनमा मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् ।

स्थायी बसोबास ललितपुर गोदावरीमा भए पनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी छन् । आफूले काठमाडौंको मेयरमा एमाले उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई मतदान गरेको उनले बताइन् ।

‘म एमालेमा नभए पनि स्थापितजीलाई नै भोट हाल्थें’ केही महिनाअघि एमाले प्रवेश गरेकी नायिकाले भनिन्, ‘छोरी र विनोदजीलाई मैले यसमा हाल्नुस् भनेर भनिनँ ।’

मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रशंसा गर्दै करिश्माले उनी जोशसहितको युवा भएको बताइन् । बालेनजस्तै युवा राजनीतिमा आउनुपर्ने बताउँदै करिश्माले युवालाई राजनीतिमा स्थान दिनुपर्ने पनि बताइन् ।

कलाक्षेत्रका अन्य व्यक्तित्वले पनि अन्य दलबाट उम्मेदवारी दिएको तर्फ लक्षित गर्दै करिश्माले सबैको बाटो अलग भएपनि गन्तव्य एउटै भएको बताइन् । ‘सबैको गन्तव्य एउटै छ तर बाटो अलग । म अलग बाटोमा भएपनि सिनेमा क्षेत्रकै आवाज उठाउँछु । हामी एउटै परिवारका हौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?