+
+

सल्यानको दार्मा गाउँपालिकामा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ७:४०

३१ वैशाख, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडानम्बर १ को चार सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका रामचन्द्र केसीले २४९ मत ल्याएर अग्रता लिएका छन् ।

निर्वतमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रका उम्मेदवार निमबहादुर केसीले १८३ मत ल्याएका छन् । २०७४ को चुनावमा दार्माका सबै वडा माओवादीले जितेको थियो।

यस्तै एमालेका गणेशमान सिंहले ४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार दलबहादुर केसीले ३ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उषा हमाल चन्दले २२०, माओवादीकी जुना मल्ल चन्दले १८८, एमालेकी पुतला खड्का रोकायले ६८ र स्वतन्त्र उम्मेदवार मदन चन्दले ३ मत ल्याएका छन् ।

वडानम्बर १ को वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर वली २२१ मतका साथ विजयी भएका छन् । माओवादीका टंकबहादुर वलीले २०२ मत ल्याएका छन् । एमालेका बलबहादुर ओलीले ४८ र स्वतन्त्रका सुरेश चन्दले ३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?