+
+

सल्यानमा कांग्रेसको आधिकारीक र बागी उम्मेदवारबीच कडा टक्कर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:५२

३१ वैशाख, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको आधिकारिक र बागी उम्मेदवारबीच कडा टक्कर भएको छ ।

५ सय मत गणना गर्दा कांग्रेसका आधिकारीक उम्मेदवार प्रकाश हमाल र कांग्रेसकै बागी उम्मेदवार शिवकुमार शर्माले समान १०९ मत पाएका छन् ।

वडाध्यक्षमा सबैभन्दा बढी माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट एकीकृत समाजवादीका युवराज न्यौपानेले १२४ मत ल्याएका छन् । एमालेका कालिबहादुर चन्दले ११५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार टोप बहादुर केसीले भने ३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?