+
+

वीरगञ्ज महानगरमा ११ बजेदेखि मतगणना सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:१३

३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शनिबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सयि ८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको हो । यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?