+
+

बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:३५

३१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?