
३१ वैशाख, सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले जितेको छ । कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टीले वडामा पहिलो खाता खोलेको हो ।
नेमकिपाका उदय कामीले ३१७ मत ल्याउँदै वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पारेका थिए ।
शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत ल्याएका छन् ।
वडा नम्बर १ को महिला सदस्यमा पनि नेमकिपाकी लाली सारु मगर निर्वाचित भएकी छन् । उनले ३०७ मत ल्याएकी छिन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर/उपमेयरमा भने कांग्रेसले अग्रता कायमै राखेको छ । वडा नम्बर १ को १०९८ मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गणेशकुमार शाहीले ४२८ मत ल्याएका छन् ।
नेकपा एमालेका सूर्यबहादुर शाहीले २६७, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर शाहीले २५६, नेकपा एकीकृत समाजवादीका मनिषा कार्कीले २, माओवादी केन्द्रका जगदिश शाहीले ३५ र राप्रपाका जय भण्डारीले १ मत पाएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकी मनसरा कुमारी शर्माले ३६१, नेकपा एमालेका नन्दाकुमारी विष्टले ३०२, नेपाल मजदुर किसान पार्टीका राजकुमारी शाहीले २६६, नेकपा माओवादी केन्द्रका कमला थामी मगरले ४९ र नेकपा एकीकृत समाजवादी नमनकुमार शाही १ मत ल्याएका छन्।
प्रतिक्रिया 4