+
+

स्पोर्टस् ब्रा : मामुली लाग्ने एक महत्वपूर्ण डिजाइन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:४२

अमेरिकामा सन् १९७७ ताका गर्मी याममा वरमोन्ट युनिभर्सिटीका ग्राजुएट छात्रा लिसा लिन्डाललाई दौडने शौख थियो । हरेक हप्ता उनी करीब ३० माइल दौडन्थे । सजिलो काम थियो, तर समस्या पहिरनमा थियो ।

उनले बताएकी छिन्, ‘दौडिएको बेला स्तनमा पर्याप्त सहज हुँदैनथ्यो ।’

त्यसबेला लिसाको उमेर २८ बर्षको थियो । पहिले उनले आफ्नो छातीमा एक इलास्टिकको पट्टी बाँधे र बिना ब्रा दौडने प्रयास गरिन् । आखिर उनले दौडिएको बखत आफ्नो साइजभन्दा पनि सानो ब्रा लगाउनु प¥यो ।

दौडने बखत ब्रेस्ट सपोर्टका लागि गरिएको यो संघर्ष सुरुमा लिसा र उनको बहिनीको निम्ती ठट्टाको विषय बन्यो । दौडदा, उफ्रदा वा खेल्दा पुरुषको यौनाङ्गलाई कसिलो बनाएर राख्ने भित्री बस्त्र किन स्तनका लागि प्रयोगमा आउँदैन ?

लिसा लिन्डालले सुरुदेखि नै यो कुरालाई गंभिरतापूर्वक लिइन् । उनले आफ्नी हितैषी पाली पामर स्मिथलाई आफ्नो अभियानमा सहभागी गराइन् । पाली,, बर्लिङ्टनको भर्मन्टमा हुन लागेको एक शेक्सपीयर फेस्टिभलमा कस्ट्युम डिजाइनको रुपमा काम गरिरहेकी थिइन् ।

उनीहरुको समूहमा अर्को एक कस्ट्युम डिजाइनर पनि जोडिए ।

यी तीन जना मिलेर लिसा लिन्डालको वैठक कोठालाई आफ्नो कपडाको दोकान बनाए । अनि थरीथरी डिजाइनको पहिरन बनाउँदै प्रयोग गर्न थाले । हिन्डा मिलर पटक स्पोर्टस् ब्राको नमुना डिजाइन तयार गर्थिन् । अनि लिन्डहाल त्यसलाई लगाएर दौडन जान्थिन् । उनीहरु यस्तो अनुभव गर्न चाहन्थे कि,  दौडिएको बेला उक्त ब्राले स्तनलाई कति सपोर्ट गर्छ । यद्यपि त्यति सहजै सकारात्मक नतिजा आउनेवाला थिएन ।

एक दिन अचानक लिन्डहालका पति भ¥याङबाट तल ओर्लिए, आफ्नो छातीको वरिपरी ज्याकस्ट्राप लपेटेर । यो एक हिसाबले महिलाहरुको लागि पहिलो ‘जक ब्रा’ थियो ।

पाली पामर स्मिथले भनिन्, त्यसले एउटा नयाँ जुक्ति सिकायो । उनले पुरुषले लगाउने भित्री बस्त्र जस्तै दुई वटा ज्याकस्ट्रैप जोडेर नयाँ लुगा बनाए । यसरी स्पोर्टस् ब्राको डिजाइन तयार भयो ।

जब यी तीन महिलाले पहिलो पटक स्पोर्टस् ब्राको डिजाइन तयार गरे, तब उनीहरुले पेटेन्टका लागि आवेदन दिए र जोगब्रा इंकको नामबाट कम्पनी सुरु गरे ।

उनीहरुले जागब्राको सुरुवाती डिजाइन तयार गर्नुअघि अमेरिकी संसदले ‘शीर्षक IX’ पास गरेका थिए । .शीर्षक IX संयुक्त राज्य अमेरिकाको संघीय नागरिक अधिकार कानुन हो । नागरिक अधिकारका लागि कोसेढुंगा साबित भएको यो कानून अन्तर्गतशिक्षामा लैंगिक आधारमा र संघीय सरकारबाट सञ्चालित सबै योजनामा लिंगको आधारमा हुने विभेदप्रति प्रतिबन्ध लगाइएको छ ।

आज अमेरिकामा हरेक पाँचमध्ये दुई युवती कुनै न कुनै खेल खेल्छन् । जबबि वुमन स्पोर्टस् फाउन्डेसनको अनुसार सन् १९७० मा हरेक २७ जनामध्ये एक जना युवती खेलकुदमा लागेका थिए ।

तर, शीर्षक आई एक्सले महिलालाई खेलको दुनियामा प्रवेश गर्नका लागि ढोका फराकिलो बनाइदियो । साथसाथै महिला खेलकुदका लागि स्पोर्टस् ब्राले नयाँ आयम थपिदियो ।

लिसा भन्छिन्, ‘यस कानुनले महिलालाई खेलकुदमा लाग्नका लागि सहज बनाइदिएको थियो । साथसाथै आशा पनि जगाइदिएको थियो । तर, महिलालाई मैदानमा उत्रिएर खेल खेल्नका लागि जरुरी आत्मविश्वास र आरम थिएन ।’

स्पोर्टस् ब्राको अर्बौ डलरको उद्योग

अहिले स्पोर्टस् ब्रालाई क्रान्तिकारी मानिन्छ, जसले खेलकुदको मैदानमा उत्रने महिलालाई आरम र आत्मविश्वास दिलाएको छ । अहिले यो ९ अर्ब डलरको उद्योग पनि भएको छ । आगमी सन् २०२६ सम्ममा यसको हिस्सा चार गुनासम्म बढ्ने अनुमान गरिएको छ । एथलेटिक्स र आरमदायक एथलीजर उत्पादनको बजार पनि २५ अर्ब डलरको भएको छ ।

तर, जब सन् १९७७ मा जागब्रा (स्पोर्टस् ब्रा)को विकास गरिएको थियो, त्यसताका यसको इतिहास एकदमै फरक थियो ।

त्यस समय अमेरिकामा म्यारथन दौडसँग सम्बन्धित प्रशासनिक संस्था अमेच्योर एथलेटिक युनियनद्वारा सडकमा लामो दौडका लागि महिलाको सहभागितामाथि भएको प्रतिबन्ध हटाइएको पाँच बर्ष बितेको थियो । र, ओलम्पिकमा तीन हजार मिटरभन्दा बढी लामो दूरी दौडनका लागि महिलालाई सामेल गराउने कुरामा त्यसको सात बर्षपछि मात्र अनुमति दिइयो । त्यसअघि विशेषज्ञहरु दावी गर्थे कि, महिलालाई लामो दूरीको दौडमा सहभागी गराउँदा उनीहरुको स्वास्थ्य र स्त्रीत्वका लागि हानिकारक हुनसक्छ । त्यसैले लामो दूरीको दौडमा महिलालाई सहभागी गराइदैनथ्यो ।

कम्पनी स्थापनाको केही दिनपछि पाली स्मिथ न्यूयोर्क शहर फर्किइन्, जहाँ उनले जिम हेन्सन कम्पनीमा कस्ट्युम डिजाइनको काम गरिन् । यससँगै जागब्रा इंकको स्वामित्व लिसा लिन्डहाल र हिन्डाको हातमा आयो ।

मिलरका पिताले उनीहरुलाई सुरुमा पाँच हजार डलरको ऋण दिए । त्यसैको मद्दतमा दुबैले ६० दर्जन जागब्रा तयार गरे र स्पोर्टस्को सामाग्री बेच्ने पसलमा सम्पर्क गरे । जबकि उक्त दोकानमा खेलका सामाग्री बिक्री हुन्थ्यो, महिलाको भित्री बस्त्र होइन । पसलका मालिकले भन्थे, ‘हामी आफ्नो पसलमा महिलाको ब्रा बेच्दैनौं ।’

त्यसपछि उनीहरुले अर्को बाटो अपनाए । दुबैले सहायक स्टोर म्यानेजरसँग सोझो सम्पर्क गरे, किनभने त्यहाँ धेरैजसो महिला हुन्थे । उनीहरुले आफ्नो जागब्रा सामान्य कालो डिब्बामा प्याक गरे र सामन्य ब्राका अलग अलग कप साइजको ठाउँमा सानो, मध्यम र ठूलो तनि फरक बर्गमा विभाजन गरे ।

उनीहरुको यो जुक्तिले सही काम ग¥यो । सन् १९७८ मा पहिलो जागब्रा बजारमा ल्याइयो । त्यसबेला एउटा ब्राको मूल्य १६ डलर थियो ।

लिसा र हिन्डा मिलेर आफ्नो उत्पादनलाई पत्रपत्रिकामा विज्ञापन गर्न थाले । यसका लागि दुबैले मोडलिङ समेत गरे । किनभने अन्य मोडल लिनका लागि पुग्दो खर्च उठ्दैनथ्यो । उनीहरुको नारा थियो, ‘पुरुषले बनाएको कुनैपनि ब्राले यससँग प्रतिस्पर्धा गर्न सक्दैन ।’

पहिलो बर्ष नै उनीहरुले पाँच लाख डलरको स्पोर्टस् ब्रा बिक्री गर्न सफल भए । लिसाले यसको बजार र मार्केटिङको काम सम्हालिन् भने हिन्डा मिलरले उत्पादनको जिम्मेवारी लिइन् । उनीहरुले २०० जना जति नियमित कर्मचारी पनि राखे । उनीहरुले जगब्राका साथसाथै ठूलो छाती भएको महिलाका लागि स्पोर्टस् सेप ब्रा बनाउन सुरु गरे । त्यससँगै महिलाहरु दौडिएको बेला पेट ढाक्नका लागि टप पनि बनाउन सुरु गरे ।

व्यवसायिक हिसाबले जति उचाई लिदै गए, उनीहरुबीचको सम्बन्ध उत्तिकै सुमधुर रहेन । यसबीचमा उनीहरुबीच खटपट भयो । यस्तै उतारचढावबीच उक्त कम्पनीले लामो यात्रा तय ग¥यो । अहिले यस स्पोर्टस् ब्रा तयार गर्ने तीन जना नै ७० बर्षभन्दा बढी उमेरका भइसकेका छन् । र, उनीहरुबीच सम्बन्ध फेरी सुमधुर भएको छ । जागब्राका तीन संस्थापक अहिले भन्ने गर्छन्, अहिले कुनैपनि महिलाले स्पोर्टस् ब्रा लगाएको देखेर उनीहरु एकदमै उत्साहित हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?