
१३ असोज, काठमाडौं । अरनिको र बीपी राजमार्ग प्रयोग गर्दै दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रुहरू थप समस्यामा परेका छन्।
आज वर्षाका कारण बनेपाको पुलबजार क्षेत्रमा आएको बाढीले यातायात अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परे ।
बाढीले सडक जलमग्न हुँदा सवारी साधन आवत–जावतमा कठिनाइ भयो भने यात्रुहरू घण्टौँ जाममा अल्झिन बाध्य भए । स्थानीय प्रहरी र सम्बन्धित निकायले सवारी व्यवस्थापनमा खटिए पनि पुलबजार क्षेत्रको समस्या यात्रामा ठूलो चुनौती देखिएको छ।
यस्तै, दशैं नजिकिँदै जाँदा राजधानीबाट पूर्वी जिल्ला र तराईतर्फ फर्कने यात्रुको चाप बढ्दै गएको छ । तर, वर्षाले बाढी र सडक चिप्लोपनले गर्दा यात्रा जोखिमपूर्ण बनेको छ।
सडक सामान्य सञ्चालनमा ल्याउन सुरक्षा निकाय परिचालन गरिएको छ। यात्रुलाई सुरक्षित यात्रा गर्न सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया 4