+
+

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको प्रारम्भिक अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:३६

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक अग्रता लिएकी छन् ।

काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी छन् । उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेकी छन् । उनले ८५ मत पाएकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?