+
+

रुकुमपूर्वको पुथाउत्तरगंगा–२ मा माओवादीको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते २०:१४

३१ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । कर्णबहादुरले १८९ मत पाएका छन् ।

माओवादी केन्द्रबाटै २३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी, २४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा, २३४ मत ल्याएर मनिराम मुन र २३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् ।

२ नम्बर वडामा कुल ४९२ मतदाता रहेकोमा ४२४ मत खसेको थियो ।

पुथाउत्तरगंगाको वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल नै निर्वाचित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?