
३१ वैशाख, ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेको नेकपा एमालेका विनोद श्रेष्ठलाई ३० मतले पराजित गर्दै कांग्रेसका उमंग श्रेष्ठले जित हासिल गरेका हुन् ।
कुल खसेको मतमध्ये उमंग श्रेष्ठले ३७८ मत ल्याए भने विनोद श्रेष्ठले ३४८ मत प्राप्त गरे । २०७४ को स्थानीय निर्वाचनमा पनि यी दुईबीच कडा प्रतिपस्र्धा भएको थियो । त्यसबेला उनी श्रेष्ठसँग १६ मतले पराजित भएका थिए ।
जारी मतगणनामा सिद्धिचरण नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनतर्फका उम्मेदवार अगाडि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4