+
+

रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ६:३७

१ जेठ, रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ ।

नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको पक्षमा दुई हजार मत आएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार गीता आचार्यले तीन हजार ३२ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसका पुष्पा श्रेष्ठको पक्षमा १४४९ मत आएको छ ।

वडा नं. १ को अध्यक्षमा खुमबहादुर थापा निर्वाचित भएका छन् । वडा नंं २ मा नेपाली कांग्रेसका उमेदवार दिउचन घर्तीमगर संग मत बराबरीपछि भएको गोलाप्रथामा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी निर्वाचित भएका छन् ।

वडा नं. ४ मा नेपाली कांग्रेसका बेगमकुमार हमाललाई हराउदै नेकपा माओवादीका मित्रलाल गुरुङ निर्वाचित भएका छन् । वडा नं. ५ मा टोपबहादुर नेपाली विजयी भएका छन ।

वडा नं. ३ मा भने नेपाली काँग्रेसको वडाध्यक्षका उमेदवार राजकुमार पुरीले नेकपा माओवादी केन्द्रका भरत विष्टलाई पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?