+
+

धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:५८

१ जेठ, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?