+
+

पोखरामा धनराजले बढाए मतअन्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ११:२२

१ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् ।

२ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि छन् । एकीकृत समाजवादीका आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।

यसैगरी उपमेयर पदमा पनि नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् । कोपिला र मञ्जुभन्दा १२४ मतले अगाडि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?