+
+

मोरङको सुनवर्षीका दुई वडामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:५८

१ जेठ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको दुईवटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

सुनवर्षी निर्वाचन अधिृकतको कार्यालयका अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार वीरबहादुर राई १ हजार २११ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हेम राईले १ हजार ३७ मत पाए  ।

वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै विनोदकुमार राजवंशी १ हजार ९६ मतसहित विजयी भएका छन् । राजवंशीका प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर श्रेष्ठले ६१७ मत ल्याए ।

धनपालथान१ मा माओवादी केन्द्र

मोरङको धनपालथान गाउँपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार खाजा हुसैन मिया निर्वाचित भएका छन् ।  हुसेनले ५८२ मत ल्याएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार मुबारक मियाले ४३० मत प्राप्त गरे ।

कानेपोखरी७ र कटहरी१ मा एमाले

मोरङको कानेपोखरी गाउँपालिकामा एक र कटहरी गाउँपालिकामा एक वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कटहरी-१ को अध्यक्षमा एमाले उम्मेदवार हरिनारायण राजवंशी निर्वाचित भएका छन् । उनले ९६० मत प्राप्त गरे । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीले ८४९ मत ल्याए ।

मोरङकै कानेपोखरी गाउँपालिका-७ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा  मोहन अधिकारी प्यानलसहित विजयी भएका हुन् । अधिकारी यसअघि पनि वडाध्यक्ष थिए । १ हजार ३२८ मत ल्याएर अधिकारी वडाध्यक्षमा निर्वाचित हुँदा निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार मत ल्याए ।

यसैगरी कानेपोखरी-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रत्नबहादुर कार्की विजयी भएका छन् । कार्कीले १ हजार १०८ मत ल्याएका छन् । एमाले उम्मेदवार तोर्णबहादुर कार्कीले ८५२ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?