+
+

वीरगञ्ज महानगरमा सरावगीसँग मतअन्तर बढाउँदै राजेशमान सिंह, १०६३ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:४२

१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रता फराकिलो पार्दै लगेका छन् ।

३ हजार ५७९ मतगणना हुँदा सिंहले नेकपा एमालेका उम्मेदवार विजय सरावगीले भन्दा १०६३ मत बढी ल्याएका छन् । सिंहले १८१० मत ल्याउँदा  सरावगीले  ७४७ मत ल्याएका छन् ।

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले  ४५ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम १३७३ मतका साथ अग्र स्थानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले १८३, राप्रपाकी विना जयसवालले ७२ र स्वतन्त्रकी रम्भा मिश्राले १०२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?