+
+

पाल्पाको पूर्वखोलामा एमालेको क्लिन स्पीप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २३:४९

२ जेठ, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका ननुबहादुर थापा निर्वाचित भएका छन् ।

आइतबार साँझ सकिएको मत गणनामा थापा ६ हजार ३९ मतका साथ गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १२५७ मत मात्र पाएका छन् ।

उपाध्यक्षमा एमालेकी भागीरथी भट्टराई निर्वाचित भएकी छन् । उनले ५ हजार ८९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मानबहादुर सारु जानकारी दिए ।

पूर्वखोलामा ८ हजार ७ सय ५९ मत खसको थियो । जसमा पूर्ण बर मतको संख्या १२५ रहेका छ ।

यो पालिकाका ६ वटै वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । पूर्वखोला गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार दिएका नुन बहादुर थापा र भागिरथी शर्मा (भट्टराई) अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै वडा नं. २ का अध्यक्ष नीरबहादुर सारु समेत यसअघि पनि निर्वाचित भएर गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी पुरा गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?