
२ जेठ, काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् ।
आइतबारर मध्यरातमा सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसको समेत समार्थन पाएका जोशीले २ हजार ९७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी परमानन्द जोशीले २ हजार ४४५ मत पाएका छन् । एकीकृत समाजवादीका नरेन्द्र रावलले ८३ र स्वतन्त्र उम्मेदवार दयालु नाथले ३८ मत पाए ।
उपप्रमुखमा एमालेकी माधवी जोशी विजयी भएकी छन् । उनले २ हजार २८५ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुना जोशीले २५५४ मत पाएकी छन् । उनलाई माओवादी केन्द्रको समर्थन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4