
२ जेठ, रसुवा । गोसाइकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङ नुर्पु तामाङ निर्वाचित भएका छन् ।
आइतबार मध्यरातमा सकिएको मतगणनामा तामाङ २ हजार ५६३ मतका साथ निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पेम्वाछिरिङ तामाङले २०८० मत पाएका छन् ।
२०७४ मा पनि उनी नै निर्वाचित भएका थिए । उपप्रमुखमा एमालेकै प्रतिमा तामाङ निर्वाचित भइन् । उनले २५४५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देकी तामाङले २०८८ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4