+
+

सर्लाहीको धनकौलमा कांग्रेसका रामआश्रय साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:३६

२ जेठ, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । साहले चार हजार ४७७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर निर्वाचित भएकी छन् । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्  । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २२५ मत मात्रै पाएकी छन् ।

सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?